पोखराको पार्टी प्यालेसमा ओली गुटको भेला

पोखरा । सत्तारुढ दल नेकपाको आन्तिरक किचलो बढिरहेको बेला देशभर गुटगत भेला हुदै आएका छन् । बिहिबार पोखरामा ओली समुहको छुट्टै भेला आयोजना गरिएको छ । पोखरा गैहपाटन स्थित लिचिबोट पार्टी प्यालेसमा हुने कास्कीमा रहेका ओली निकट विद्यार्थीहरुको उक्त भेलालाई अनेरास्वबियूका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
भेलाबारे माधव नेपाल निकट अनेरास्वबिय केन्द्रिय सस्दय राजन शर्मा पराजुलीले फेसुबुकमा लेखेका छन् ‘नारा पार्टी एकताको लाउने, तल तलसम्म फुटलाई प्रश्रय दिन भेला गर्दै हिड्ने,आज बिहान १० बजे पोखरा लिचिबोट पार्टी प्यालेसमा पनि फुटको घोषणा गर्दै हुनुहुन्छ रे ? यसरी कहाँ पुगिन्छ कमरेड’ ।
केही हप्ता अगाडी पोखरामा माधव नेपाल समुहका सुरेन्द्र पाण्डे उपस्थितीमा गुट भेला भएको थियो भने पूर्व माओवादी निकट नेताहरुले लेकाली चुल्होमा गुटगत भेला आयोजना गरेका थिए ।

कमेन्टहरु
Loading...