साझा र विवेकशीलबीच आज एकताको घोषणा, ‘विवेकशील साझा पार्टी’ जन्मने

दिपक के श्रेष्ठ

दुई वर्षअघि छुट्टिएका साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता घोषणा गरिँदै छ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो साढे ३ बजे हुने जानकारी दिएका छन् । एकताको घोषणा अनलाइन माध्यमबाट हुनेछ । यस क्रममा मिश्रले विगतमा भएका गल्तीप्रति माफीसमेत मागेका छन् ।

यही २२ गते साझाको केन्द्रीय समितिको बैठकले एकीकरणको निर्णय गरेपछि प्रक्रिया अघि बढेको हो । एकीकरण पश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ र एकीकृत पार्टीको मूल नेतृत्वमा अध्यक्ष र संयोजक रहने व्यवस्था गरिएको छ।

‘हामी एक हुँदै छौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौं ।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन् ।

२०७४ साउनमा पनि दुई दलबीच एकीकरण भएर ०७५ पुसमा विभाजन भएको थियो ।

कमेन्टहरु
Loading...