पोखरा उद्योग बाणिज्य संघ अध्यक्षमा विन्दुको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा विन्दु कोइराला सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

सोमबार विहान फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्दै उनले सवल ,स्वतन्त्र र समृद्दु उद्योग वाणिज्य संघ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।

‘सम्पूर्णमा नमस्कार। मैले आसन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिने पक्का गरेकी छु। मलाई यहाहरूको अमुल्य मत प्रदान गरी ‘सवल ,स्वतन्त्र र समृद्द’ उद्योग वाणिज्य संघ बनाउन यहाँको अमुल्य सहयोगको लागि अनुरोध गर्दछु।’सोमबार विहान फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्दै लेखेकी छन् ।

हाल बर्तमान कार्यसमितिमा उद्योग उपाध्यक्ष भएर काम गरिरहेकी उनी यसअघी वाणिज्य उपाध्यक्ष रहेकी थिइन् ।

कमेन्टहरु
Loading...