ओली उपस्थित नभएपनि नेकपा स्थायी समिति बैठक सुरु

पोखरा/नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक नेकपाको केन्द्रिय कार्यलयमा सुरु भएको छ । बैठक सुरु हुँदासम्म नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली भने बैठकमा पुगेका छैन । पार्टी कार्यालयमा बैठकको तयारी भईरहँदा प्रधानमन्त्री ओली भने राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेको स्रोतको दाबी छ ।
यस अघि चलेको बैठकमा पनि ओली सहभागी नहुने भने पनि अन्त्यमा सहभागी भएका थिए । आजको बैठकमा भने प्रधानमन्त्री ओली सहभागी नहुने उनी निकट स्रोतको दावी छ । ओलीको उपस्थिति बिना बसेको नेकपा स्थायी समितिको बैठक केहि बेर चल्छ कि अर्कोचोटी बस्नेगरि स्थगन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

कमेन्टहरु
Loading...