गन्थन डेस्क
नेपाल कम्युनिष्ट पार्टीका सह इन्चार्ज तथा कास्की क्षेत्र नं १ सांसद खगराज अधिकारीले विकासका आयोजनाको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत कास्की क्षेत्र नं १ को योजना सार्वजनिक कार्यक्रममा बोल्दै नेता अधिकारीले दुरुपयोग गरेको प्रमाणित भए झुण्डीन तयार रहेको बताए ।
पार्टी भित्रको आन्तरिक राजनितिबारे बोल्दै नेता अधिकारी नौ सदस्यीय नेकपाको सचिवालय असक्षम बनेको बताएका छन् ।
उनले भने, ‘सचिवालयको असक्षमता हिजो देखियो , स्थायी कमिटीले के गर्छ हेर्न बाँकी छ ।’
कुनैपनि हालतका पार्टी एकता जोगाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।