नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड दुवै जनाले प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकको विपक्षमा प्रधानमन्त्री ओली छन् ।

प्रधानमन्त्री समेत रहेका ओली बैठकको विपक्षीमा रहेकाले आजको स्थायी कमिटीको बैठक प्रभावित हुने सम्भावना उत्तिकै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा ओली सहभागी नभएपनि उनी निकटका नेताहरु भने सहभागी हुने बताइएको छ ।

कमेन्टहरु
Loading...