काठमाडौं । नेपालमा राजनीतिक दलप्रति वितृष्णा तथा पार्टीका नेताहरुमा आम नागरिकको हकहित तथा मुलुकको समृद्धिका लागिभन्दा बढी दलीय स्वार्थ तथा कुर्सीको मोह बढ्दै गएपछि यतिबेला राजाको माग गर्दै आन्दोलन हुने क्रम बढेको छ ।
हरेक दिन कहीं न कहीं राजतन्त्र फेरी ल्याउनुपर्ने माग सहित निरन्तर आन्दोलन हुन थालेका छन् ।
सरकारले केही दिन अगाडि राजावादीहरुको आन्दोलनमा सहभागी नहुन आह्वान गरेपनि सर्वसाधारण आन्दोलनमा सहभागी भइरहेका छन् । यस्ता आन्दोलनको आयोजक को हुन् भन्ने खुलस्त नभएपनि आन्दोलनमा सहभागी हुने आम सर्वसाधरणको संख्या बढ्दो छ ।
दिनहुँ राजतन्त्र माग गर्नेहरुले आन्दोलनलाई जारी राखिरहेका छन् ।
यसैबीच आज काठमाडौंमा पनि राजतन्त्रको पक्षमा प्रर्दशन भएको छ । राजतन्त्र सहित हिन्दू राज्यको माग गर्दै काठमाडौंमा प्रर्दशन भएको हो । काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भएको उक्त प्रर्दशनका क्रममा राजतन्त्र पक्षधरहरुले राष्ट्रिय झण्डा सहित विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर लिएका थिए ।
सोही प्रर्दशनलाई मध्येनजर गर्दै आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । बाक्लो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।
केही दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारी थप फैलिन सक्ने भन्दै, प्रर्दशन, जुलुस तथा भीडभीड हुने अन्य कार्यक्रम आयोजना नर्गन भनेको थियो ।
तर प्रशासनको आह्वान विपरीत काठमाडौंमा राजतन्त्र तथा हिन्दू राष्ट्रको माग गर्दै प्रर्दशन भएको हो ।