पोखरा । नेपालमा थप १ हजार २ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार नेपालमा थप १ हजार २ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ४ सय ८४ जना महिला तथा ७ सय ८८ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
नेपालमा पछिल्लो तथ्यांक अनुसार १५ हजार ४ सय ४७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ३१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ५ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।
यस्तै यो अवधिमा नेपालमा थप १६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
हाल नेपालमा १० हजार ३ सय ९४ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै ३ सय २८ जना संक्रमितको आइसियु तथा ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कास्की सहित झापा, मोरङ, काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्ला ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएका जिल्ला हुन् ।
त्यस्तै हाल मनाङ तथा डोल्पा सक्रिय कोरोना संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला रहेका छन् ।