नेकपा संकट: मध्यरातमा इश्वर पोखरेलको यस्तो ट्विट !

पोखरा । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीको आन्तरिक संकटलाई लक्षित गर्दै मध्यरातमा ट्विट गरेका छन् ।

उनले संकटको मध्यरातपछिको विहानी शुभ हुने भन्दै पार्टी भित्रको विवाद समाधान उन्मुख रहेको संकेत गरेका छन् ।

‘नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ- शंकटको मध्यरातपछि बिहानी प्राम्भ हुन्छ !’ ,ओली निकट रहेका पोखरेलले ट्विट गरेका छन् ।

प्रचण्ड माधव गुटले केपी ओलीलाई बहुमतबाटै भएपनि हटाएरै छाड्ने रणनिति अपनाएपछि नेकपा भित्र ओली रक्षात्मक बनेका छन् ।

ओली निकट नेताहरुले बहुमतबाट निर्णय गरिए आत्मघाती हुने चेतावनी दिदैं आएका छन् ।

 

कमेन्टहरु
Loading...