संघीय सरकारविरुद्ध प्रदेश नं.२ का मन्त्रीद्वारा सर्वोच्च अदालतमा रिट दायर

पाेखरा । संघीय सरकारको अधिकार हनन् र कटौती गरेको भन्दै प्रदेश नं.२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केन्द्रीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर रिट दायर गरेको मन्त्री सोनालले बताए । सोनाल जनता समाजवादी पार्टीका नेता हुन् ।

केपी ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।

कमेन्टहरु
Loading...