पाेखरा । चर्चित भारतीय अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने भएका छन् । रजनीकान्तले बिहीबार आफूले नयाँ पार्टी खोल्न लागेको सार्वजनिक गरेका हुन् ।
नया पार्टीको औपचारिक घोषणा भने ३१ डिसेम्बरमा गर्ने रजनीकान्तले बताएका छन् । तमिलनाडुमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका छन् ।
रजनीकान्तले भने हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ । जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्नेछाै ।त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ लागि पर्नेछाै।
तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुदै छ । उनी भारतका चर्चित कलाकार पनि रहेले पनि निकै महत्वका साथ हेरिएको छ ।