मन्त्रिपरिषद् बैठक ५ बजे बस्दै

काठमाडौं । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि धकेलिएको छ। बैठक ५ बजेका लागि सरेको सूचना आएको एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइएको छ। बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर, पार्टीमा विवाद बढिरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।

कमेन्टहरु
Loading...