गन्थन डेस्क
शिवजीको बुटी अर्थात् गाँजा प्रतिवन्ध खुलुको बनाउने पक्षमा नेपाल देखिएको छ ।
नेपालले लागूपदार्थ सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा नेपालले मतदान गरेपछि गाँजा खेतीको कानूनी मान्यताको लागी बाटो समेत खुलेको छ ।
सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधी जन्य गाँजाको पक्षमा मत खसाएको हो ।
नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहनु भएका राजदुत प्रकाश कुमार सुबेदीले पक्षमा मतदान गरे ।
नेपालमा केही समययता गाँजा खेती र सेवन गर्न पाउनुपर्ने माग गर्दै सांसद देखी विभिन्न समुह र संस्थाहरुले बहस चलाउँदै आएका छन् ।
संद्यिय संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागी गैरसरकारी विधेयक दर्ता भैसकेको छ । अब उक्त विधेयक संसदमा छलफलपछि पास भएमा नेपालमा गाँजा खेतीको बाटो खुल्नेछ ।
गाँजा खेतीबारे संसदमा गैरसरकारी विधेयक दर्ता गराएका पूर्व कानुनमन्त्री समेत रहेका शेर बहादुर तामाङ छिटोभन्दछिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गराउनुपर्ने बताउँछन् ।
तामाङले सामाजिक संजाल फेसबुकमा लेखेका छन् , ‘यो माग पुरा गर्न सक्ने एक मात्र अवसर वर्तमान सरकारको कांधमा छ । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको बनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनेसकेपछी अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको । यो अवसरको उपयोग गर्दै अब छिटोभन्दछिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।‘
नेपालमा प्रतिवन्ध गाँजाको फडानीका लागि नेपाल प्रहरी अभियान नै संचालन गर्दै आएको छ ।
आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।
नेपालका सरकारी सिहंदरबार वैद्यखानाले गाँजाबाट अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने औषधी बनाउने गरेको गर्दथ्यो । तर प्रतिबन्धित भएसँगै वैद्यखानाले उत्पादन गर्न छाड्यो ।
संसदमा दर्ता भएको ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ मा खेती गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।
डब्लुएओले ३ बर्ष अगाडी नै संयुक्त राष्ट्र संघलाई औषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न पत्र लेखेको थियो । राष्ट्रसंघले गाँजालाई लागू औषधको सुची राख्दै आएको छ ।