विवेकशीलकी उपाध्यक्ष सहित १३ जना साझासँगको एकतामा सहभागी नहुने

काठमाडौं । विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् । विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् ।

बिहीबार १३ जनाले संयुक्त रुपमा विज्ञप्ति निकालेर अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने जनाएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘अब विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई हामी शुभकामना व्यक्त गर्छौँ । तपसिलमा नाम उल्लेख भएका विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ।’ उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफूहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।

 

यस्तै विवेकशील नेपाली दल, प्रवास को अंतर्राष्ट्रीय संयोजक सञ्जय रिमाल, महासचिव सुबाश बस्नेत लगायत विभिन्न १४ देशमा रहेका अधिंकाश विवेकशील का प्रवास स्थित सदस्यहरु समेत साँझासँगको एकतामा सहभागी नहुने विवेकशील नेपालीले जनाएको छ।

 

यसका साथै नेपाल अविष्कार केन्द्रलाई हाल यस विनेपा अमेरिकाको कोषमा जम्मा रहेको सबै रकम दान दिने निर्णय गरिएको जनाइएको छ।

विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।

कमेन्टहरु
Loading...