पोखरा । पूर्व सञ्चारमन्त्री तथा नेकपा केन्द्रिय सदस्य गोकुल बास्कोटाले केपी ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिलाउन खोज्ने हो भने नेकपा कोल्याप्स हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले नेकपाकाे क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिएको भन्दै त्यसपछि जय नेपाल भन्नुपर्ने स्थिति आउने बताएका हुन् ।
‘नेकपा विवाद हेर्दा बहुत सरलरुपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट वञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हो भने क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने भो,’ बास्कोटाले लेखेका छन्, ‘त्यसपछि जय जय जय होइन जय नेपाल !’, उनले ट्विट गरेका छन् ।
नेकपा विवाद हेर्दा बहुत सरलरुपमा याे भन्न सकिन्छ कि महाधिवेशन छलेर,कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हाे भने नेकपाकाे क्लाईमेक्स र काेल्याप्स यसै समयमा देखिने भाे।त्यसपछि जय जय जय हाेईन जय नेपाल!
— Gokul Prasad Baskota (@GokulPBaskota) December 2, 2020
बुधवार