पोखरा । नेपालमा थप १ हजार ४ सय ९० लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उलपब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप १ हजार ४ सय ९० लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ५ सय ६५ जना महिला तथा ९ सय २५ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । यस्तै हाल नेपालमा १६ हजार ५ सय ४५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा थप १ हजार ५ सय ६७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ ।
हाल नेपालमा १० हजार ७ सय ४१ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ३५ जना संक्रमितको आइसियु तथा ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालको कास्की सहित झापा, काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लामा हाल ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु रहेका छन् । त्यस्तै मनाङ तथा डोल्पा जिल्ला सुन्य संक्रमित भएको जिल्ला हो ।