कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँबाट प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञा तोडेपछि उनलाई तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको हो ।

पुल उद्धघाटनका विषयमा कांग्रेस र नेकपाबीच विवाद चर्किदैं जाँदा बुधवार प्रर्दशन भएको थियो ।

कमेन्टहरु
Loading...