आर्थिक अनियमितता गरेको आरोप लागेका एसपीद्वय बस्नेत तथा यादव निलम्बन

काठमाडौं । आर्थिक अनियमितता गरेको आरोप लागेका एसपीद्वय बिमल बस्नेत तथा रामेश्वरप्रसाद यादव निलम्बनमा परेका छन् । एसपीद्वय बस्नेत तथा यादवलाई कर्णाली ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा प्रहरी आचरण विपरीत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

निलम्बनमा परेका दुवै जनालाई छानविन पश्चातको रिर्पोटका आधारमा गृहमन्त्रालयले निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले दुवै जनालाई निलम्बन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको थियो ।

सिन्धुलीमा कार्यरत रहँदा यादव गाँजा उत्पादकप्रति नरम देखिएको आरोप लागेको छ ।

यही विषयलाई लिएर सवप्रहरी मुख्यालयमा सवेन्द्र खनालको नेतृत्व हुँदा यादवविरुद्ध छानविन समेत भएको थियो । त्यस्तै बस्नेत भने राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका थिए ।

हाल यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका थिए । दुवै जनाको छवि विवादास्पद रहेको छ ।

कमेन्टहरु
Loading...