काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । विभिन्न गम्भीर आरोप लगाउँदै पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीविरुद्ध प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावको जवाफ ओलीले फर्काएका थिए । बैठकमा पार्टीका अन्य नेताहरुले प्रस्तावका विषयमा छलफल गर्ने बताइएको छ ।
