कैलाश एयरको हेलिकप्टर दुर्घटनाबाट बच्यो, चरासंग हेलिकप्टर ठोक्किदा १ जना सामान्य घाइते, ६ जना सकुशल

काठमाडौं । कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

बाग्लुङबाट काडमाडौं जाँदै गरेको उक्त हेलिकप्टर नुवाकोटमा चरासंग ठोक्किपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेका छन् । हेलिकप्टरमा रहेका १ जना यात्रु घाइते भएका छन् भने ६ जना सकुशल रहेका छन् ।

घाइते यात्रुको घुँडामा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

उक्त हेलिकप्टरमा रहेका यात्रुहरुलाई लिन अर्को हेलिकप्टर गएको बताइएको छ ।

कमेन्टहरु
Loading...