काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे भ्रमणका लागि नेपाल आइपुगेका छन् । उनी केही समय अगाडि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी केही घण्टाका लागि नेपाल भ्रमणका लागि आएकाले आजै चीन फिर्ता हुने छन् ।
थोरै समयमा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतगंग भेट गर्ने कार्यक्रम तय भएको छ ।
फेङ्हेको भ्रमणका विषयमा नेपालस्थित चिनियाँ दुतावासले भने केही खुलाएको छैन । भारतीय विदेश सचिवले केही दिन अगाडि मात्र नेपाल भ्रमण गरेर फर्किए लगत्तै उनी नेपाल आएकाले यो विषयलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।