काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपालको भ्रमण गरेर फर्किएको केही दिन लगत्तै आज चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे केही घण्टाका लागि नेपाल आउँदैछन् ।
उनी केही समय पछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
विमानस्थलमा ओर्लि लगत्तै उनी बालुवाटारस्थित चिनियाँ दुतावासमा जाने कार्यक्रम रहेको छ । श्रृंगलाको नेपाल भ्रमण लगत्तै फेङ्हे नेपाल आउने भएपछि उनको नेपाल भ्रमणलाई महत्वपूर्ण तरिकाले हेरिएको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा केही घण्टाको समय व्यतित गर्दा फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानसेनापछि पूर्णचन्द्र थापालाई भेट गर्ने कार्यक्रम रहेको छ ।
भेटघाटका कार्यक्रम तथा कार्यसुचीका विषयमा चिनियाँ पक्षले भने केही सार्वजनिक गरेको छैन । उनी आजै चीन फकर्ने छन् ।