प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल भनि प्रचण्डलाई प्रश्न गरेका छन् ।
चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? उनले प्रश्न गरेका छन् ।
उनले आफुले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने बताइसेकको स्पष्ट पारेका छन् ।
आगमी निर्वाचनमा नेकपाको विजय यात्रा जारी नै रहने ओलीको विश्वास छ ।
अध्यक्ष ओलीले प्रचण्डलाई सरकार र पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार हो भनि प्रश्न समेत गरेका छन् ।
म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ? , उनले प्रश्न गरेका छन् ।