काठमाडौं । आज दिउँसो १ बजेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर १६ गते पुनः बस्ने सहमति सहित सकिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ पेश गरेको बताइएको छ । आगामी बैठकमा अध्यक्षद्वय ओली तथा प्रचण्डले पेश गरेको प्रतिवेदनका विषयमा छलफल हुने तथा सुझाव पेश गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीका नेताहरुलाई पार्टी फुटका विषयमा नसोच्न आग्रह गरेका छन् । पार्टीको आन्तरिक विवादलाई सछफल तथा संवादको माध्यमबाट समाधान गर्न सकिने बताउँदै फुटका विषयमा सोच्दै नसोच्न नेताहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा सहभागी नेताहरुले समेत पार्टीको आन्तरिक विवादका कारण फुट्ने अवस्था आएको बताउँदै फुटको संघारबाट पार्टीलाई बचाउनुपर्नेमा जोड दिएका थिए ।