‘जोखिम भत्ता’ उपलब्ध गराउन कोभिड अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीका समयमा उपचार तथा जोखिममा रहेर काममा खटिएका जनशक्तिहरुका लागि मन्त्रालयले जोखिम भत्ता निकासा गरेर पनि वितरण भइरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमितहरुको परीक्षण तथा उपचारमा संलग्न रहेका स्वास्थ्कर्मीले जोखिम भत्ता नपाएको भन्ने स्वास्थ्यकर्मीको गुनासो विभिन्न सञ्चारमाध्यममा आएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै रकम निकासा भएर पनि वितरण भइरहेको स्पष्ट पारेको हो ।

‘कोरोना भाइरस कोभिड १९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७’ बमोजिम मन्त्रालयले हालसम्म कोभिड अस्पतालहरुलाई असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ रुपैयाँ (जोखिम भत्ता समेत समावेश गरेर) निकासा गरिसकेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले कोभिड १९ का क्रममा खटिएर निर्देशिका अनुसार भक्तानी नगर्ने नगराउने कोभिड १९ अस्पताल सबैलाई निर्देशिका बमोजिम सबै कर्मचारीलाई यथासीघ्र जोखिम भत्ता उलपब्ध गराउन समेत आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...