बर्दिवास घटनाका विषयमा छानविन गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले गत सोमबार महोत्तरीको बर्दिसास नगरपालिकामा भएको बालिका हत्या प्रकरण तथा त्यसपछि उत्पन्न भएको पिरिस्थितिका विषयमा छानविन गर्ने भएको छ । मन्त्रालयका उपसचिवको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गर्दै घटनाका विषयमा छानविन गर्ने जानकारी गराएको हो ।

साथै मन्त्रालयले मृतक बालिका गुलाबसा खातुन तथा प्रर्दशनका क्रममा ज्यान गुमाएका बुद्धिराज न्यौपानेको परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने समेत मन्त्रालयले निर्णय गरेको सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

प्रवक्ता बुढाका अनुसार मन्त्रालयले प्रर्दशनका क्रममा घाइते भएकाहरुको सम्पूर्ण खर्च समेत बेहार्ने भएको छ । घटनामा संलग्नलाई अनुसन्धानका काममा कुनै कसर बाँकी नराखेर अभियुक्तलाई आवश्यक कारवाही गरिने समेत उनले बताएका छन् ।

६ वर्षीय बालिका खातुनको शव बोरामा फेला परेपछि बलात्कार पश्चात हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले प्रर्दशन चर्काउँदा प्रहरीको गोली लागेर न्यौपानेले ज्यान गुमाएका थिए ।

कमेन्टहरु
Loading...