१४ वर्षपछि पोखरामा गुन्जियो ‘श्रीमान गम्भीर नेपाली …..’

रिना थापा

पोखरा । ०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालिन ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली ….’१४ वर्षपछि पोखरामा घन्किएको छ । राजसंस्था, हिन्दू राष्ट्र, हिन्दू धर्म लगायतका माग गर्दै राजसंस्थावादीले आयोजना गरेको सभामा निवर्तमान राष्ट्रिय गानले मौका पाएको हो । दोस्रो जनआन्दोलनपछिको संविधान सभाले राजसंस्थासँगै राष्ट्रिय गानलाई समेत विस्थापन गरेको थियो ।

यो राष्ट्रिय गान ४४ वर्षसम्म निरन्तर हरेक सार्वजनिक समारोह र विद्यालयमा समेत प्रयोग गरिन्थ्यो । जसलाई चक्रपाणी चालिसेले रचना गरेका हुन् । यसअघि आफूलाई राजावादी र हिन्दूवादी मान्ने नेता कमल थापाले समेत कुनै पनि कार्यक्रममा ‘श्रीमान गम्भीर… ’लाई सम्झने कोसिस गरेका थिएनन् । तर बुधबार पोखरामा आयोजित विशाल ¥याली पछिको कोणसभाको सुरुमै उद्घोषकले राष्ट्रवादी गायकका रुपमा प्रयत्न श्रेष्ठलाई बोलाए । त्यसपछि भने प्रयत्नले सुरुमै देशका लागि भन्दै श्रीमान गम्भीर नेपाली….. बाट आफ्नो प्रस्तुती सुरु गरे । त्यसलगत्तै उनले ‘रातो र चन्द्र सुर्य जंगी निशान…’ हाम्रो गाए ।

त्यस्तै गत वर्षको जेठमा बुटवलमा पुरानै राष्ट्रिय गान बजाएको भन्दै २ युवालाई प्रहरीले पक्राउ गरेको थियो । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष र रुपन्देहीका अध्यक्षलाई त्यसबेला पक्राउ गरिएको थियो ।

हाल नेपालमा सयौं थुंगा फूलका हामी…. बोलको राष्ट्रिय गान प्रचलनमा रहेको छ । जहाँ शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत रहेका थिए । उनले बुधबारको ¥याली र सभा कुनै दल विशेषमा केन्द्रित नरहेको तर देश बचाउनका लागि भने भएको बताएका थिए ।

कमेन्टहरु
Loading...