अर्थमन्त्री पौडेलविरुद्ध बुटवलमा कालो झण्डा प्रदर्शन

बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध बुटवलमा कालो झण्डा देखाइएको छ । अर्थमन्त्री बनेपछि पहिलोपटक आफ्नो गृह जिल्ला समेत रहेको रुपन्देही पुगेका मन्त्री पौडेललाई नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दलका कार्यकर्ताहरुले बुटवल नेपालगञ्ज सडकमा कालो झण्डा देखाएका हुन् । कांग्रेस कार्यकर्ताका अनुसार उनीहरुले अर्थमन्त्रीसंग प्रदेश राजधानी साटेको भन्दै कालोझण्डा देखाएर विरोध जनाएका हुन् । उनीहरुले अर्थमन्त्री पौडेलविरुद्ध जाराबाजी समेत गरेका थिए ।

कमेन्टहरु
Loading...