बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ४ जना घाइते

बैतडी । बैतडीमा आज दिउँसो दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

आज दिउँसो करिब साढे १ बजेको समयमा जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १० मा झुलाघाटबाट गोठलापानी आउँदै गरको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो भने ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ५ की ७० वर्षीय पार्वती चन्द, दशरथचन्द कै वडा नम्बर २ देखिमाडौंका ५८ वर्षीय कृष्ण लावड, पाटन नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय भगिरथ पाण्डेय तथा ७२ वर्षीय पार्वतीदेवी चन्द तथा सुनर्या गाउँपालिका वडा नम्बर ४ की ७५ वर्षीय कलावती चन्दको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । जीपमा ११ जना सवार रहेका थिए । दुर्घटनामा २ जनाको सकुशल उद्धार गरिएको छ ।

१ सय मिटर तल खसेको उक्त जीप तीव्र गतिमा भएकाले दुर्घटनामा परेको अनुमान प्रहरीको छ । जीप दुर्घटनामा परेपछि चालक गोपाल कार्की फरार छन् । उनको खाजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...