मंगलबारदेखी कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ ।

स्वास्थ्य सावधानी अपनाएर मंगलबारदेखि देशभर बिहान ८ बजे सुरु भएको परीक्षा साढे ९ बजे सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।

संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गर्ने बोर्डले जनाएको छ ।

परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गरेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

कमेन्टहरु
Loading...