पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त बने

पोखरा । नेपालमा थप १ हजार ९ सय ८० लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार नेपालमा थप १ हजार ९ सय ८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

हाल नेपालमा १८ हजार ८ सय ८४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

त्यस्तै यो अवधिमा नेपालमा ३ हजार ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख २० हजार ६७ जना पुगेको छ ।

नेपालमा थप १६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालभरी १२ हजार २ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् । हाल ३ सय ६५ जनाको आइसियु तथा ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कास्की सहित काठमाडौं, भक्तपुर तथा ललितपुरमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ तथा मुगु मात्र सुन्य संक्रमित भएका जिल्लाहरु हुन् ।

कमेन्टहरु
Loading...