ब्रेकिङ्ः पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः १ को मृत्यु, १ घाइते

फाइल तस्बिर

गन्थन डेस्क

पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

सराङकोटबाट दिउँसो टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको हो । दुर्घटनामा ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको छ भने काठमाण्डौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छिन् ।

घाइते शिलालाई उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जनाएका छन् ।

कमेन्टहरु
Loading...