काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएपछि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
स्याङ्जाका पाण्डेले सभामुख अग्नि सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको गत कार्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त रहेको थियो । स्व.केसीको स्थानमा निर्वाचन आयोगले पदपूर्तिका लागि संसद सचिवालयलाई शुक्रबार जानकारी गराएको थियो ।
आयोगको पत्र प्राप्त भएपछि स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई आज सपथ ग्रहण गराइएको हो ।