नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढ्यो, ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त

पोखरा । नेपालमा थप १ हजार ६ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकका अनुसार नेपालमा थप १ हजार ६ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना रिर्पोट पोजेटिभ देखिएकामध्येमा ६ सय ५५ जना महिला तथा १ हजार १४ जना पुरुष रहेका छन् ।

हाल नेपालमा २० हजार १ सय ६६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप ५ हजार ६ सय ९९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।

हाल नेपालमा १३ हजार ६ जना १२ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ५९ जनाको आइसियु तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कास्की सहित झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही तथा कैलाली ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित भएका जिल्ला हुन् ।

त्यस्तै मनाङ तथा मुगु जिल्ला सक्रिय कोरोना भाइरस संक्रमितको संख्या सुन्य भएको जिल्ला हुन् ।

कमेन्टहरु
Loading...