६ जना पुर्वलागुपदार्थ प्रयोगकर्ताले पुनः जन्मदिन मनाए

पोखरा, ३० असार/ नौलो घुम्ती नेपाल लागुपदार्थ, परामर्श,उपचार तथा पुनस्र्थापना केन्द्रको आयोजनामा ६ जना पुर्व लागुपदार्थ प्रयोगकर्ताले लागुपदार्थ छोडेको एक वर्ष पुगेको अवसरमा केक काटेर पुन जन्म दिन मनाए । लागुपदार्थ मुक्त जीवन विताएको एक वर्ष पुगेको अवसर पारेर सो जन्म दिन मनाउने गरिन्छ ।

नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक राम प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका नौलो घुम्ती नेपालका वित्त तथा प्रशासन अधिकृत नारायण प्रसाद पौडेल, विद्यालय शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक पोष्टबहादुर केसी, तालिम,अनुगमन तथा मुल्यांकन अधिकृत शिवराज शर्मा, उपचार केन्द्रकी कार्यक्रम अधिकृत विन्देश्वरी वराल, नौलो घुम्ती नेपालका कर्मचारीहरु र उपचार सेवा लिईरहेका साथीहरुले शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...