कोरोना संक्रमणका कारण करिब ३१ हजारको मृत्यु, स्पेनकी राजकुमारीको मृत्यु

एजेन्सी/ कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको सख्या करिब ३१ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३० हजार ८ सय ७४ जनाको मृत्यु भएको छ । विश्वभर ६ लाख ६३ हजार ६ सय ७४ जना संक्रमित भएका छन् ।

संक्रमित भएका मध्ये १ लाख ४२ हजार १ सय ७५ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म सबै भन्दा बढि इटालीमा १० हजार २३ जनाले ज्यान गुमाइसकेका छन् ।

इटालीमा ८२ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । त्यसै गरि स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ ।

गएको २४ घण्टाभित्र मात्रै स्पेनमा ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२ हजार २ सय ४८ जनालाई संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १ लाख १६ हजार ५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो, इटाली दोस्रो र चीन तेस्रो छन् ।

चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१ हजार ४ सय ३९ जना संक्रमित भएकोमा ७४ हजार ९ सय ७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३ हजार १ सय २८ जना उपचाररत रहेका छन् ।

कोरोनाबाट स्पेनकी राजकुमारीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको छ । टेरेसा स्पेनको बोउरबोन पर्मा राजकीय परिवारकी सदस्य हुन् ।

युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् ।

एजेन्सीको सहयोगमा
तथ्याङक –http://https://www.worldometers.info/coronavirus/?nsukey=Z3HCt0uJ%2FQBWHQWquh8YEiNmpQSwP3MjTX5s6ZoLpNa4vvD%2Fx2HgoJeT9Z8xXu6cN0yKYRiHWPWJfB6AkLH5FFeotfY1mo0ezbIVe9RxITpzXJme%2BdREAnAZIRBBI1eEVar%2BYuty%2By9InkUmuFyYEGXryE9c%2F5aTcB8pLOCE1D4kBhwDxkpe6%2BsDkQGbq7S9jmQUZN3qrpIXws58rU5M7g%3D%3D#page-top

कमेन्टहरु
Loading...