बेलायतमा पढाइ सकेपछि ‘वर्किङ भिसा’

पोखरा, २७ भदौ / बेलायतमा अध्ययन सकेका विदेशी विद्यार्थीले दुई वर्षसम्म ’वर्किङ भिसा’ पाउने भएका छन् । बेलायत सरकारले शैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ ।

सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमन सम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ ।

अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ । प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य विदेशी विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु रहेको आज कान्तिपुर दैनिकमा समाचार छ ।

कमेन्टहरु
Loading...