अमेरिकामा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु

एजेन्सी/ अमेरिकाको न्युयोर्कमा बिहीबार थप एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

न्युयोर्कको रिजउडमा बस्दै आएका ७० बर्षीय महेश अमात्यको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

बिहीबार विहान न्युयोर्कको जमैका अस्पताल ज्यान गुमाएको अस्पतालले जनाएको छ । अमात्यको दाहसंस्कार र अन्य सहयोगका लागि रिजउड नेपाली समाजले आर्थिक संकलन सुरु गरेको छ ।

कमेन्टहरु
Loading...