अमेरिकाको लस भेगास गोली प्रहार हुँदा मृत्यु हुनेको संख्या ५० पुग्यो, २०० जना घाइते

अमेरिका  १६ असोज/अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । घटनामा दुई सय जना भन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

खुला ठाउँमा आयोजित कन्सर्ट नजिकैको होटलको ३२ औं तलाबाट ६४ वर्षीय स्टेफेन प्याडोकले गोली प्रहार गरेको अधिकारीहरुले बताएका छन् ।प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । घटनामा ज्यान गुमाउनेमा ड्युटी सकाएका प्रहरी अधिकारी बढी छन् । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइहेको छ ।

कमेन्टहरु
Loading...