अमेरिकामा पोखराका युवा दीपेशको निधन

एजेन्सी/ अमेरिकाको टेक्ससमा बस्दै आएका पोखराका ३७ वर्षिय दीपेश थापाको निधन भएको छ ।

थापा घरमै सुतीरहेको अवस्थामा मृत भेटिएका हुन् । दाजु तथा व्यवसायी दिवश थापाले भाईको दुख्द निधन भएकोमा दुख व्यक्त गरेका छन् ।

मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थापाको निधन भएको अमेरिका रहेका नेपालीले जानकारी दिएका छन् ।

उनको ह्दयघातका कारण निधन भएको हुन सक्ने अनुमान छ । पोखराको न्युरोड स्थित दरबारथोकका स्थायी बासिन्दा दीपेश अध्ययनका लागि अमेरिका गएका थिए ।

कमेन्टहरु
Loading...