विश्वमै धेरै समय राज गर्ने थाइल्याण्डका राजा भूमिबोलको निधन

काठमाडौँ, २८ असोज /विश्वमै धेरै समय राज गर्ने थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार ८८ वर्षको उमेरमा निधन भएको छ ।

केहीदिनदेखि बिरामी रहेका राजा भूमिबोलको स्थानीय समय अनुसार बिहीबार दिउँसो ३ः५२ मा निधन भएको बिबिसीले जनाएको छ । ७० वर्षसम्म राज्य चलाएका भूमिबोल विश्वमै सबैभन्दा बढी राज गर्ने राजा हुन् ।

उनका छोरा अर्थात् युवराजसमेत ६४ वर्षका वृद्धा छन् । थाइल्याण्डमा राजाको मृत्यु सँगै देशमा राजनीतिक अस्थिरता पैदा हुने अनुमान गरिएको छ । राजाको निधनको घोषणा हुनासाथ त्यहाँको अस्पतालमा रुवावासी चलेको थियो ।

कमेन्टहरु
Loading...