सुशान्त सिंहको नाममा दुई फ्यानले गरे आत्महत्या

एजेन्सी/ बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या सँगै बलिउडमा फेरि पनि परिवारवाद र नातावादको चर्को आलोचना चलिरहेको छ । अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ ।

त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुःखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करण बारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुःखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।

सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्येमहरुले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले घरमा आत्महत्या गरिन् ।

उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आत्महत्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आत्महत्या गरेको सञ्चार माध्येमहरुमा उल्लेख छ ।

यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइट नोट लेखेर आत्महत्या गरेको बताइएको छ ।

कमेन्टहरु
Loading...