समुद्रमा डुबेर अष्ट्रेलियामा पोखराका नेपाली विद्यार्थीको मृत्यु

मेलबर्न, २२ फागुन / अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा घर भएका निकित श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई समुन्द्री छालले बगाएको थियो ।

छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामो शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए ।

निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । उनको शव नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै क्विन्सल्यान्डका एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरेका थिए ।

एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...