सिड्नीमा गाडीले ठक्कर दिदा एक नेपालीको मृत्यु

एजेन्सी / अष्टेलियाको सिड्नीको पश्चिमी क्षेत्रमा नेपालीहरूको बाक्लो बस्ती रहेको एडमन्सन पार्कमा मर्निङ वाक हिँडेका नेपाली युवालाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

म्याग्दीको दोबा निवासी गोपाल पुन छिमेकीसँग मर्निङवाक हिँडेको बेला गाडीले ठक्कर दिएको थियो । गाडी चालकले एम्बुलेन्स बोलाए पनि एम्बुलेन्स नआउँदै उनको मृत्यु भइसकेको थियो ।

सो गाडी चालक पनि नेपालीमूल कै रहेको समाचार एजेन्सीहरुले बताएका छन् । प्रहरीले सो दुर्घटनाबारे छानबिन अगाडि बढाएको बताएको छ । दुर्घटनामा सँगै मर्निङवाक गएका छिमेकी भने सुरक्षित रहेको सम्बन्धित परिवारले जनाएका छन् ।

कमेन्टहरु
Loading...