सहाराको हाइकिङबाट कर्णालीकोे अस्पतालका लागि २४ लाख

पोखरा, १७ असोज/कर्णालीको कालीकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत

तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन् ।

सहारा क्लब हङकङ द्वारा आयोजित हाइकिङ कार्यक्रममा सहभागी दाताहरुले अस्पतालका लागि सहयोग रकम जुटाएका हुन । क्लबले

पोखरा स्थित सहारा एकेडेमीको सहयोगार्थ आयोजना गरेको करिब ९ किलोमिटर लामो हाइकिङमा करिब ४ सय जना सहभागी थिए ।

हाइकिङमा बालबालिका देखि ७० वर्षका वृद्धाहरु सहभागी थिए । उनीहरुले हाइकिङका लागि भन्दै प्रत्येक सहभागीले क्लबलाई हङकङ

डलर २ सय ५० प्रदान गरेका थिए । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुख्य नाराका साथ शुरु भएको अभियानमा क्लबले सहभागीहरुलाई

जिवनविमा सहित एक–एक थान टिशर्ट तथा खानाको समेत प्रवन्ध गरेको थियो ।

सो कार्यक्रममा क्लबले मुख्य आर्कषक व्यक्तित्वका रुपमा नेपाली सञ्चारकर्मी रबी लामिछानेलाई निम्तो गरेको थियो । हाइकिङको

हङकङका नेपाली महावाणिज्य दुत कमल प्रसाद भट्टराईले उद्घाटन गरेका थिए । सो हाइकिङमा चलचित्रका हङकङका चर्चित नायक

ज्याकी हियङ चो लगाएत हङकङका नेपाली विशिष्ट महानुभावको समेत सहभागिता रहेको थियो । उनीहरुले करीब ८ कीलोमिटर

हाइकिङ (यात्रा) गरेका थिए ।

हाइकिङ बाट बचत भएको रकम खर्च सहारा एकेडेमी पोखरा तथा कर्णालीको सामुदयिक अस्पतालका लागि प्रदान गरिने क्लबका

उपाध्यक्ष बिल तामाङले बताए । क्लबका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहारा क्लबका सल्लाहकार तथा

हङकङ तेक्वान्दो प्रमुख प्रशिक्षक तुलसी गुरुङ र क्लबका महासचिब कुमार गुरुङले सञ्चालन गरेका थिए ।

सेप्टेम्बर ३० मा अयोजित कार्यक्रमका लागि सञ्चारकर्मी लामिछानेले अन्तिम अवस्थामा आएर हङकङका लागि प्रवेशआज्ञा पाएका

थिए । उनी सो समयमा कोरियामा रहेको र उनलाई कार्यक्रममा उपस्थित गराउन र भिसा पु¥याउन हङकङ बाट कोरिया पुगेका थिए ।

हङकङ बसाईको क्रममा क्लबले डिनर नाइट, एनआरएन हङकङ संघ र नमोबुद्ध आमा समुह समुह संग सञ्चारकर्मी लामिछानेले भेटघाट

तथा अन्तक्रिया समेत गरेका थिए । सो अबसरमा हङकङमा नेपालीहरुलाई अध्यागमन तथा नेपालीहरुको दोहोरो नागरिकताका

सवालमा कुरा उठाइदिन सहभागीहरुले सञ्चारकर्मी लामिछानेलाई आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...