पोखराका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

काठमाडौं, १२ जेठ / भारतले अष्ट्रेलियाबाट अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ ।

पोखरा घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो ।

उनीहरु बाबु–छोराहरु हुन् । बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी भएकाले अष्ट्रेलिया स्थित नेपाली दूतावासले गरेको अनुरोधमा उनीहरुलाई दिल्लीसम्म ल्याएको भारतीय दूतावासले जनाएको छ ।

तीनैजना नेपालीमा कोरोना संक्रमण नभएको र यात्रा गर्न सुरक्षित रहेको भनेर अष्ट्रेलियाको एक अस्पतालले कागज बनाइदिए पछि भारतले ल्याएको हो ।

भारतले आफ्ना नागरिकहरुको उद्धार गर्ने क्रममा इन्डोनेसियाबाट चितवनकी एक नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको छ ।

कमेन्टहरु
Loading...