Ganthan News Pokhara
All news from Pokhara & around

मेडिकलकी छात्रालाई डाक्टरले यातना दिदाः अस्पतालमै आत्महत्या

0

एजेन्सी सहयोगमा १२ जेठ /भारतको मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मे मा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् ।

भारतीय संचार माध्यमका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन् ।

पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर गर्ने गरेको आरोप लगाए । पायल आदिवासी समुदायसँग थिए । र उनले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन् । पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे ।

उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ । पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् ।

पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन् । तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन् । पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन् । तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरु विरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्या्िगङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।