Miss Georgia हुँदै गरेको होटल आगलागी हुँदा ११ जनाको मृत्‍यु, २१ जना घाइते

जर्जिया, ९ मंसिर

जर्जियाको बाटुमी सहरमा स्थित एक होटलमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने २१ जना भन्दा बढी घाइते भएका छन् । उक्त होटलमा “मिस जर्जिया” को प्रतिस्पर्दा हुँदै थियो जस कारण त्यहा भिड पनि उत्तिकै थियो ।

ब्ल्याक सि रिसोर्टमा आगलागी हुँदा २२ औं तलामा रहेकोे लिओ ग्राण्ड होटल र क्यासिनोमा रहेका मानिसहरुको मृत्यु भएको त्यहाँको क्षेत्रीय स्वास्थ्य मन्त्रालयलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेमा एक इरानी र १० जर्जियन नागरिक रहेका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । मिस जर्जिया २०१७ का प्रतिष्पर्धीहरु खाना खान लागेका बेला होटलमा अचानक आगलागी भएको समाचारमा उल्लेख छ ।

सबै २० प्रतिष्पर्धि र कम्तीमा अन्य एक सय जना पाहुना र कर्मचारीहरु आपतकालीन द्वारबाट बाहिर निस्किएर बाँच्न सफल भएका छन् । आगलागीको कारण अझैसम्म पनि खुल्न सकेको छैन ।

जर्जियाका प्रधानमन्त्री जोर्जि केभिराकासभिलीले मृतकका परिवारलाई समवेदना व्यक्त गर्दै घटनाको छानवीन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...