अष्ट्रेलियामा सपिङ मलमा विमान दुर्घटनाग्रस्त, ५ को मृत्यु (भिडियोसहित)

मेलवर्न, १० फागुन एजेन्सी/अष्ट्रेलियाको मेलवर्नमा रहेको एक सपिङ मलमा हवाईजहाज ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

विमानस्थलबाट उडेको केहीबेरमै चार्टर गरिएको उक्त विमान मेलवर्नको एउटा सपिङ सेन्टरमा ठोक्किएको अन्तर्राष्टरिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा पाइलटसहित चार अमेरिकी पर्यटकको मृत्यु भएको अष्ट्रेलियन परिवहन सुरक्षा व्यूरोलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। इन्जिनको खराबीले विमान दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
https://www.youtube.com/watch?v=GbZratQAPV4

कमेन्टहरु
Loading...