भारतको छत्तीसगढमा माओवादी आक्रमण, २४ जना प्रहरी मारिए

भारत, ११ वैशाख /भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा सोमबार​माओवादीको आक्रमणबाट केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ)का कम्तीमा २४ जना जवान मारिएका छन् । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । पीटीआइ समाचार संस्थाका अनुसार आक्रमणमा घाइते प्रहरी जवानहरुलाई सैनिक हेलिकोप्टर मार्फत् उपचारका लागि रायपुर ल्याइएको छ ।

प्रहरीका अनुसार सुकमा जिल्लाको चिंतागुफाबाट बुर्काफाल तर्फ निर्माणाधीन सडक सुरक्षाका लागि ती प्रहरी जवानहरु खटिएका थिए ।सडकमा गस्ती गरिरहेको समयमा उनीहरुमाथि ठूलो संख्यामा रहेका माओवादी लडाकूहरुले एक्कासि आक्रमण गरेका थिए ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत् दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।त्यहाँको प्रहरीले मारिएका सबै जवानहरु सीआरपीएफका ७४ बी बटालियनका रहेको उल्लेख गरेको छ । आक्रमणपछि मारिएका सबै जवानहरुको हतियार माओवादीले नै लुटेर लगेको बीबीसीले जनाएको छ ।

कमेन्टहरु
Loading...